Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकबीच मर्जर सम्झौता हुँदै, स्वाप रेसियाे कति ?

अर्थ संसार

शुक्रबार, २७ जेठ २०७९, ११ : ५० मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकबीच मर्जर सम्झौता हुँदै, स्वाप रेसियाे कति ?

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेडबीच आज मर्जर सम्झाैता हुने भएकाे छ । दुवै बैंककाे मर्जर सम्झाैताकाे प्रकृया अन्तिम चरणमा पुगेकाे छ ।

बैंककाे प्रारम्भिक स्वाप पनि तय भईसकेको छ । १००:९० को स्वापको लागि प्रारम्भिक सहमति भएको हाे । हालसम्मको सहमति अनुसार मर्ज पछि बन्ने बैंकको नाम ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक’ रहनेछ ।

यस्तै, अध्यक्ष र सीईओ पनि इन्भेष्टमेन्ट कै रहनेछन् । अन्य सञ्चालक भने दुवै बैंकबाट प्रतिनिधित्व गर्नेछन् ।

यसअघि हिमालयन बैंकसँग मर्जर सम्झाैता गरेकाे इन्भेष्टमेन्ट बैंककाे मर्जर प्रकृया बीचमै गएर टुटेकाे थियाे । साेही कारण हाल नेपाल इन्भेष्टमेन्ट बैंक नेपाल राष्ट्र बैंककाे कारबाहीमा छ । अब बैंकले अन्य बैंकलाई प्राप्ति गरेपछि मात्रै राष्ट्र बैंककाे कारबाहीबाट मुक्त हुनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको