Like us!
Follow us!
Connect us!
Watch us!

मैले कसैलाई प्रधानमन्त्री बनाउँछु भनेको छैन, एमाले मात्र वामपन्थी पार्टी हो: केपी ओली

अर्थ संसार

शुक्रबार, २७ जेठ २०७९, १३ : ४५ मा प्रकाशित

मैले कसैलाई प्रधानमन्त्री बनाउँछु भनेको छैन, एमाले मात्र वामपन्थी पार्टी हो: केपी ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताले आगामी प्रदेश र संसदीय निर्वाचनमा  पार्टीलाई अधिक स्थानमा विजयी गराउने जिकिर गरेका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले एमाले सङ्घीयता र लोकतन्त्रको रक्षा गर्न प्रतिबद्ध रहनाका साथै संविधान निर्माणमा महत्वपूर्ण भूमिका निभाएका कारण जनताले संसदीय निर्वाचनमा पहिलो पार्टी बनाउने धारणा राखे ।

अध्यक्ष ओलीले आगामी संसदीय निर्वाचनमा अन्य कुनै वामपन्थी पार्टीसँग गठबन्धन नहुने बताएका छन् । उनले मुलुकमा एमाले मात्र वामपन्थी पार्टी रहेको जिकिर गर्दै अन्य पार्टीहरू वामपन्थी नभएको आरोप लगाए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले नेकपा एकीकृत (समाजवादी) का कार्यकर्तालाई एमालेमा आए समाहित गरिने बताए । उनले आफुले अन्य पार्टीका नेतालाई प्रधानमन्त्री  बनाउने सम्बन्धमा कुनै आश्वासन नदिएको बताए । उनले स्थानीय पालिकाको निर्वाचनले सबै निर्वाचनको स्थिति तय नगर्ने भन्दै सिट सङ्ख्याका हिसाबले केही कम आएर दोस्रो भएपनि लोकप्रिय मतका हिसाबले पार्टी पहिलो भएको जिकिर गरे ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको