Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से ओरालो यात्रामै एक अर्ब पनि पुगेन कारोबार रकम, लगानीकर्ताले गुड न्यूज कहिले पाउलान् ?

नेप्से

शुक्रबार, २७ जेठ २०७९, १५ : १६ मा प्रकाशित

नेप्से ओरालो यात्रामै एक अर्ब पनि पुगेन कारोबार रकम, लगानीकर्ताले गुड न्यूज कहिले पाउलान् ?

साताको अन्तिम कारोबार दिन आज शुक्रबार पनि सेयर बजारले ओरालो यात्रा नै तय गरेको छ । शुक्रबार बजार दाेहाेराे अंकले घट्दा काराेबार रकम एक अर्ब पनि पुग्न सकेन ।

पूँजी बजार विरोधीको विरूद्धमा आफ्ना विभिन्न मागसहित लगानीकर्ताहरूको आन्दोलन पनि जारी नै छ । बजार निरन्तर घट्दाे अहिलेकाे अवस्थामा लगानीकर्ताहरू गुड न्यूजकाे पर्खाइमा छन् ।  अहिले लगानीकर्ताहरूकाे माइन्ड सेट नै मार्केट घट्ने त हाे भन्ने भइसक्याे । बजार सकारात्मक माहाेलमा फर्किनका लागि ठूलै गुड न्यूज आउनु जरूरी रहेकाे लगानीकर्ताहरूकाे तर्क छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (शुक्रबार) सेयर कारोबार मापक नेप्से परिसूचक १४.६४ अंकले घटेर २०४८.१६ विन्दुमा झरेकाे छ । नेप्से ०.७१ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ४.३१ अंकले घटेर ३९२.०६ विन्दुमा झरेकाे छ । 

कूल २२९ वटा कम्पनीकाे ३० लाख ४५ हजार ८ सय ३८ कित्ता सेयर खरिदबिक्री हुँदा ८९ करोड ४१ लाख २४ हजार एक सय १४ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर घटेको छ । 

शुक्रबार कुमारी बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे ५ कराेड ५ लाख ४५ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज ३ कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । उपकार लघुवित्त, ग्रीन भेन्चर्स र बलेफी हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । 

यस दिन सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । संस्थाकाे सेयरमूल्य ५.७५ प्रतिशतले घटेर एक हजार ४ सय ४२ रूपैयाँ १० पैसामा झरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको