सेयर लगानीकर्ताहरुले पूँजी बजार सुधार संघर्ष समितिले शनिबार पनि आफ्नो आन्दोलन जारी राखेको छ। सरकार र नियामक निकाय विरुद्ध शनिबार माइतीघर मण्डलामा प्रदर्शन गर्दै १९ बुँदे मागको तत्काल सम्बोधन गर्न आग्रह गरेको छ।
आफ्ना मागहरु सम्बोधन नभएसम्म आफुहरु निरन्तर कार्यक्रम जारी राख्ने संयोजक तिलक कोइरालाले अर्थसंसारलाई जानकारी दिए।
शुक्रबार बिशाल लगानीकर्ताको समुहले संसद भवन घेराउ गरेको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस