Like us!
Follow us!
Connect us!
Watch us!

करका कुरा १ : कर भनेकाे के हाे ? कर कति प्रकारका हुन्छन् ?

अर्थ संसार

आइतबार, २९ जेठ २०७९, १२ : १६ मा प्रकाशित

करका कुरा १ : कर भनेकाे के हाे ? कर कति प्रकारका हुन्छन् ?

सामान्यतया कर भनेकाे कुनैपनि व्यक्ति फर्म वा कम्पनीले कानुनबमोजिम सरकारलाई तिर्नुपर्ने अनिवार्य भुक्तानी हो । सरकारले आफ्ना नागरिकबाट अनिवार्य रूपमा संकलन गर्ने मौद्रिक आयलाई कर भनिन्छ ।

सामान्य भाषामा भर्नुपर्दा कर भनेकाे राज्यलाई बुझाउनुपर्ने अनिवार्य दायित्व हाे ।

हामीले करका प्रकारकाे बारेमा बुझ्नुपर्दा करलाई करको क्षेत्र, संकलन गर्ने निकाय, प्रकृति, दायरा र दरका आधारमा बाँडिएको हुन्छ । जस अनुसार करलाई २ भागमा विभाजन गरिन्छ । 

१. प्रत्यक्ष कर

प्रत्यक्ष कर भन्नाले भार, असर र प्रभाव एउटै व्यक्तिमा पर्ने कर बुझिन्छ । यस्ताे प्रकारकाे करमा जसलाई कर लगाइएकाे हाे साेही व्यक्तिबाट कर पूर्ण रूपमा ब्यहाेर्नु पर्दछ । प्रत्यक्ष कर अरूमा सार्न पाइँदैन । 

उदाहरण : सम्पत्ति कर, घरजग्गा कर, आय कर प्रत्यक्ष करका केही उदाहरणहरू हुन् । 

२. अप्रत्यक्ष कर

अप्रत्यक्ष कर भन्नाले भार र असर बेग्लाबेग्लै व्यक्तिमा पर्ने कर बुझिन्छ । अप्रत्यक्ष करलाई भार हस्तान्तरण हुने कर पनि भनिन्छ । यस्ताे प्रकारकाे करमा कर तिर्ने भार एक पक्षमा र उक्त करको प्रभाव अर्को पक्षमा पर्दछ ।

उदाहरण : अन्तःशुल्क, मूल्य अभिवृद्धि क, वस्तु तथा सेवाको कारोबारमा लाग्ने भन्सार अप्रत्यक्ष करका केही उदाहरणहरू हुन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको