Like us!
Follow us!
Connect us!
Watch us!

रोकिएन नेप्सेको ओरालो यात्रा, कहिले सुनिएला लगानीकर्ताको आवाज ?

नेप्से

सोमबार, ३० जेठ २०७९, १५ : ०१ मा प्रकाशित

रोकिएन नेप्सेको ओरालो यात्रा, कहिले सुनिएला लगानीकर्ताको आवाज ?

साताको पहिलाे कारोबार दिन आज साेमबार पनि सेयर बजारले ओरालो यात्रा नै तय गरेको छ । साेमबार बजार दाेहाेराे अंकले घट्दा काराेबार रकम एक अर्ब पनि पुग्न सकेन ।

पूँजी बजार विरोधीको विरूद्धमा आफ्ना विभिन्न मागसहित लगानीकर्ताहरूको आन्दोलन पनि जारी नै छ । लगानीकर्ताहरूकाे माग सम्बाेधन भएदेखि बजारमा सकारात्मक माहाेल देखा पर्न सक्दथ्याे । तर अहिले लगानीकर्ताहरूको आवाज नै सुनिएकाे छैन । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक १५.८२ अंकले घटेर २०३२.३४ विन्दुमा झरेकाे छ । नेप्से ०.७७ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि २.३० अंकले घटेर ३८९.९५ विन्दुमा झरेकाे छ । 

कूल २३० वटा कम्पनीकाे २९ लाख २० हजार ७ सय ५ कित्ता सेयर खरिदबिक्री हुँदा ९९ करोड ८६ लाख ७४ हजार २ सय ६२ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर घटेको छ । 

साेमबार सानिमा बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे ९ कराेड एक लाख ६१ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज ग्रीन भेन्चर्स र बलेफी हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । 

यस दिन मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । संस्थाकाे सेयरमूल्य ५.४० प्रतिशतले घटेर एक हजार ४७ रूपैयाँ २० पैसामा झरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको