Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा १० लाख ६१ हजार कित्ता बाेनस सूचिकृत

नेप्से

सोमबार, ३० जेठ २०७९, १७ : ०७ मा प्रकाशित

नेप्सेमा १० लाख ६१ हजार कित्ता बाेनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (साेमबार) एक कम्पनीकाे बाेनस सेयर सूचिकृत भएकाे छ । 

स्टकका अनुसार नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको २१.४८ प्रतिशत बाेनस बापतकाे १० लाख ६१ हजार २ सय २४ दशमलव २६ कित्ता सेयर सूचिकृत भएकाे हाे ।

संस्थाको पाैष १० गते, शनिबार सम्पन्न भएकाे १५औँ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २१.४८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१३ प्रतिशत नगद गरी कुल २२.६१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको