Like us!
Follow us!
Connect us!
Watch us!

तारागाउँ रिजेन्सीको नाफामा छलाङ, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

मंगलबार, ३१ जेठ २०७९, ०७ : १३ मा प्रकाशित

तारागाउँ रिजेन्सीको नाफामा छलाङ, प्रतिसेयर आम्दानी कति ?

तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार दोश्रो त्रैमाससम्म आइपुग्दा होटलले ४ करोड १४ लाख रुपैयाँ नाफा रहेको छ । गत आर्थिक वर्षको यसै अवधिमा होटल १२ करोड ६५ लाख रुपैयाँ नोक्सानमा रहेको थियो । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण घट्दै गएको र पर्यटकको आगमनमा बढेको हुनाले कम्पनी नाफामा बृद्धि भएको हो ।

त्यस्तै, १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार रुपैयाँ चुक्ता पूँजी रहेको होटलको जगेडा कोषमा भने २८ करोड ११ लाख रूपैयाँ कायम रहेको छ । त्यसैगरी, होटलको प्रतिसेयर आम्दानी २ रुपैयाँ २० पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ २१ पैसा रहेको छ ।

होटलले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारको छः

62a7e49a7652f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको