Like us!
Follow us!
Connect us!
Watch us!

तारागाँउ रिजेन्सी होटलको साधारणसभा आज, लाभांश सहित यी प्रस्ताव पारित हुँदै

अर्थ संसार

बुधबार, ०३ फागुन २०७९, ०६ : ४५ मा प्रकाशित

तारागाँउ रिजेन्सी होटलको साधारणसभा आज, लाभांश सहित यी प्रस्ताव पारित हुँदै

तारागाँउ रिजेन्सी होटल कम्पनी लिमिटेडको २६ औँ वार्षिक साधारण सभा आज फागुन ३ गते, बुधबार, नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभामा कम्पनीको सञ्चालक समतिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई ८.४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरिनेछ । 

यसका साथै, सभामा, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा-नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह लगायतका संलग्न अनुसूचीहरु समेतको स्वीकृत वित्तीय विवरणहरु स्वीकृत गर्ने, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछ ।

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि माघ १८ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको थियो त्यसैले, माघ १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको