Like us!
Follow us!
Connect us!
Watch us!

तारागाउँ रिजेन्सी होटलले डाक्यो साधारणसभा, पुष ११ सम्म भने सेयरधनी बन्नुपर्ने

अर्थ संसार

सोमबार, ०२ पुस २०८०, ०९ : ०४ मा प्रकाशित

तारागाउँ रिजेन्सी होटलले डाक्यो साधारणसभा, पुष ११ सम्म भने सेयरधनी बन्नुपर्ने

तारागाउँ रिजेन्सी होटल लिमिटेडले साधारण सभा बोलाएको छ। होटेलले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट  लाभांश पारित गर्ने प्रस्ताव सहित साधारण सभा बोलाएको छ।

होटलले पुष २४ गते, नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप, काठमाडौँमा २७ औँ साधारण सभा बोलाएको छ । सूचानाको अनुसार सभा बिहान ११ बजे हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशतका दरले नगद लाभांश र ४ प्रतिशतका दरले बोनस सेयर गरी कुल १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै प्रबन्धपत्र तथा नियमावली संशोधन, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि रहेका छन्। 

होटलले साधारण सभा तथा लाभांशका लागि  पुष १२ गतेदेखि २४ गतेसम्म बुकक्लोज तय गरेको छ । जस अनुसार पुष ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले होटलको साधारण सभामा सहभागिता जनाउन तथा होटलले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको