तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले २८औं वार्षिक साधारण सभा पुस २४ गतेका लागि तय गरेको छ। मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले सभास्थलका रूपमा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लब तोकेको छ। सभा बिहान साढे ११ बजे सुरु हुनेछ।
यस वर्षको सभामा सेयरधनीहरूलाई चुक्ता पुँजीको आधारमा ११ प्रतिशत नगद लाभांश (करबाहेक) वितरण गर्ने प्रस्ताव पेश गरिनेछ।
त्यससँगै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदनमा छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्त गरी उनको पारिश्रमिक निर्धारण गर्ने, तथा एकजना सञ्चालकको नियुक्ति गर्नेजस्ता प्रस्ताव पनि सभाका एजेन्डामा छन्।
सभाको तयारीका लागि होटल्सले पुस ७ देखि १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार, पुस ६ गतेसम्म सेयरधनी पुस्तिकामा नाम रहेका सेयरधनीहरू लाभांश लिन र सभामा सहभागी हुन योग्य ठहरिनेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस