Like us!
Follow us!
Connect us!
Watch us!

तारागाउँ रिजेन्सीकाे वित्तीय चिरफार : नाफामा उछाल, ईपीएसमा पनि आकर्षक सुधार

अर्थ संसार

शुक्रबार, ०१ भदौ २०८०, १२ : २५ मा प्रकाशित

तारागाउँ रिजेन्सीकाे वित्तीय चिरफार : नाफामा उछाल, ईपीएसमा पनि आकर्षक सुधार

तारागाउँ रिजेन्सी होटल लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

नाफा

उक्त विवरण अनुसार गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्म आइपुग्दा कम्पनीले ३८ करोड २६ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम अघिल्लाे वर्षकाे तुलनामा १००.८० प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनीले १९ करोड ५ लाख ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

सञ्चालन आम्दानी

चाैथाे त्रैमाससम्म कम्पनीकाे सञ्चालन आम्दानी ९९.७१ प्रतिशतले बढेर १ अर्ब ३८ करोड ३२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष होटलले ६९ करोड २६ लाख २३ हजार रुपैयाँ आम्दानी गरेको थियो । 

अन्य/कुल आम्दानी

समीक्षा अवधिमा कम्पनीकाे अन्य आम्दानी १९.७२ प्रतिशतले बढेर १८ करोड ७० लाख रुपैयाँ पुगेको छ भने कुल आम्दानी ८४.९८ प्रतिशतले बढेर १ अर्ब ५७ करोड २ लाख रुपैयाँ पुगेको छ ।

चुक्ता पूँजी

कम्पनीकाे चुक्ता पूँजी १ अर्ब ८८ करोड ६६ लाख रुपैयाँ रहेकाे छ ।

जगेडा काेष 

कम्पनीको जगेडा कोषमा ६५ करोड ७७ लाख ३४ हजार रूपैयाँ रहेको छ।

ईपीएस

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १० रुपैयाँ १८ पैसा बढेर २० रुपेयाँ २८ पैसा पुगेको छ । 

कम्पनीकाे प्रतिसेयर नेटवर्थ

कम्पनीकाे प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ८६ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको