Like us!
Follow us!
Connect us!
Watch us!

तारागाउँ रिजेन्सी होटल्सको नगद लाभांस सेयरधनीको खातामा

अर्थ संसार

शुक्रबार, ०५ माघ २०८०, ०९ : ३१ मा प्रकाशित

तारागाउँ रिजेन्सी होटल्सको नगद लाभांस सेयरधनीको खातामा

तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले सेयरधनीलाई नगद लाभांस पठाएको छ। 

कम्पनीले गत पुस २४ गते सम्पन्न २७ औँ वार्षिक साधारण सभाबाट पारित गरेको ११ प्रतिशत नगद लाभांस (कर सहित)  सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो। 

कम्पनीले पुस ११ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको हितग्राही खातामा उल्लेखित बैंक तथा वित्तीय संस्थाको खातामा उक्त नगद लाभांस जम्मा गरिएको जनाएको छ। साथै हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका  र भौतिक सेयर अभौतिक नगरेका सेयरधनीहरुलाई अभौतिकिकरण गर्न कम्पनीले आग्रह गरेको छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको