Like us!
Follow us!
Connect us!
Watch us!

अहिलेकाे बजार बुलिश र्यालीभित्रको करेक्सन : विष्णु बस्याल

अर्थ संसार टक

मंगलबार, ३१ जेठ २०७९, १४ : २४ मा प्रकाशित

प्राविधिक विश्लेषणको आधारमा अहिले बजार बुलिश र्याली भित्रको एक करेक्सन रहेको बताउँछन् प्राविधिक विश्लेषक विष्णु बस्याल । उनका अनुसार बजार अहिले बटमको आसपासमा आइसकेको छ अहिले नै निष्कर्ष निकाली हाल्न सक्ने अवस्था भने छैन, बजारले भोलुमका साथ २११५ को रेसिस्ट्यान्स ब्रेकको खण्डमा बटम लाग्न एक हप्ता समय लाग्न सक्छ। 

बजारको अहिलेको अवस्था लगानी गरिरहेका व्यक्तिले होल्ड गर्नुपर्ने र अहिले स्टकको मूल्य खरिद मूल्यमा आएको हुँदा लगानी गर्न चाहेका हरुले अहिले लगानी गर्ने उपयुक्त समय समय भएको हुँदा रिस्क व्यवस्थापन लाई आँकलन गरी लगानी गर्न सुझाव दिन्छन्। अहिले वजार घटेको भएतापनि आत्तिहल्नुपर्ने अवस्था आएको छैन उनी बताउँछन् । 

बजारमा सेन्टिमेन्टले प्रतक्ष्य रूपमा प्रभाव पारिरहेको हुन्छ, अहिले बजारमा लगानीकर्ताको सेन्टिमेन्टको आधारमा बाजार घटिरहेको छ। विभिन्न नीतिगत अवस्था र परिवेशका कारण बजारमा फोर्सफुल सेलिङ्को अवस्था सृजना हुनेहो की भन्ने त्रास कायम रहेको उनी बताउँछन्। लगानीकर्ता नीतिका कारण प्यानिक परिस्थितिमा गएका र अहिले लगानीकर्ताहरू सडकमा हुनुको कारण पटक-पटक नीतिगत रुपमा पूँजी बजारमाथि गरिने प्रहारको कारण रहेको उनी बताउँछन्।

लगानीकर्ताको सेन्टिमेन्ट फिर्ता ल्याउनका लागि नियामकले केही न केही निर्णय छिटो भन्दा छिटो ल्याउनुपर्ने उनको माग छ र नियामकले लिनुपर्ने निर्णय समयमा नै नलिनु घातक हुन्छ जुन समग्र अर्थतन्त्रको लागि घातक हुने बस्याल बताउँछन् । 

पठाओमा राइड क्यान्सिल गरेर यात्रा गर्दा १० लाख बीमा रकमबाट बञ्चित

विश्वभरका सरकारले पूँजीबजारप्रति दायित्व बोध गर्छन र उत्तरदायी हुन्छन् । पूँजीबजार अर्थतन्त्रको सूचक हो, पूँजीबजारमा संकट र गिरावट आएपछि अर्थतन्त्रमा पनि सङ्कटहरु पनि देखिने उनी बताउँछन् । उनका अनुसार अहिले देखिएको बजारको गिरावट तरलता समस्याका कारण उत्पन्न भएको हैन, अहिले बजारमा आएको गिरावटले कारण तरलता समस्या आएको हो। 

उनीसँग गरिएकाे भिडियाे कुराकानी तल प्रस्तुत गरिएकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको