Like us!
Follow us!
Connect us!
Watch us!
अहिले लोनलाई कन्ट्रोल गर्नुपर्ने अवस्था छैन

राष्ट्र बैंकले सेयर बजारप्रति चासो देखाउनेमा आशावादी छु : विष्णु बस्याल

अर्थ संसार

आइतबार, २६ असार २०७९, १५ : १२ मा प्रकाशित

राष्ट्र बैंकले सेयर बजारप्रति चासो देखाउनेमा आशावादी छु : विष्णु बस्याल

प्राविधिक विश्लेषक विष्णु प्रसाद बस्यालले सेयर बजारप्रति राष्ट्र बैंकले चासाे देखाउनेमा आफू आशावादी रहेको बताएका छन् ।

महासंघले आज आयोजना गरेको माैद्रिक नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बाेल्दै उनले भने, "नेपालको पूँजी बजार ४० प्रतिशत डाउन भएको छ । विश्वभरका राष्ट्रहरूले पूँजी बजार घट्दा चासो देखाउँछन् नेपाल राष्ट्र बैंकले पनि देखाउला भन्नेमा आशावादी छु ।"

राष्ट्र बैंकले माैद्रिक नीति मार्फत् नेपालकाे सेयर बजारलाई प्रोत्साहित हुने खालको नीति लेराउनु पर्ने उनले सुझाव दिएका छन् । उनले अहिले लोनलाई सार्है कन्ट्रोल गर्नुपर्ने अवस्था नरहेको पनि बताए ।  रिस्क वेटेजमा १५० प्रतिशत पुर्याइएकाेमा याे पनि घटाउनुपर्ने उनले बताए । 

राष्ट्र बैंकलाई सुझाव दिने क्रममा उनले Margin Lending मा पनि Risk Based Margin Lending काे व्यवस्था गर्न आग्रह गरेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको