Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारको नकारात्मक ट्रेण्डले संसार भरी नै सत्ता पक्ष पार्टीलाई उखेलेर फालेको छ : विष्णु बस्याल

अर्थ संसार

सोमबार, २७ मंसिर २०७८, २१ : २१ मा प्रकाशित

सेयर बजारको नकारात्मक ट्रेण्डले संसार भरी नै सत्ता पक्ष पार्टीलाई उखेलेर फालेको छ : विष्णु बस्याल

अनुभवी लगानीकर्ता , विश्लेषक तथा प्रविधिक विश्लेषक विष्णु बस्यालले सेयर बजारको नकारात्मक ट्रेण्डले संसार भरी नै सत्ता पक्ष पार्टीलाई नोक्सान पुर्याएको प्रसस्त उदहारण भेटिएको विचार प्रस्तुत गरेका छन् ।

उनी  लेख्छन नेपालको सन्दर्भमा बिगतमा लगानीकर्ता काे संख्या निकै कम भएकोले सत्ता पक्ष काे ध्यान न पुगेको हुन सक्छ। तर अहिलेको अवस्थामा नेपालको सेयर बजारमा प्रतयक्ष वा अप्रत्यक्ष रुपमा लगभग १ करोड नेपाली जनता जोडिएको सन्दर्भमा सत्ता पक्षको उदासिनता आगामी चुनावमा बर्तमान सत्ता पक्ष लाई उखेलेर फाल्न काफी छ। वर्तमान समस्याको उचीत समाधान येदि सरकारले नखोजे यसको नोक्सान हुने प्राय निश्चित छ। तसर्थ जसरी विश्वभरि का सरकारहरू सेयर बजार प्रति संवेदनशील हुने गर्दछन् त्यसरी नै नेपाल सरकार पनि जाग्नु जरूरी छ।

जहाँ सम्म नेपाली सेयर बजार काे कुरा छ। यसले आफनो बुलिश दिशा तय गरी छाड्नेछ तर तिम्रो सत्ता पनि ढाल्नेछ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले  सबै प्रदेश सम्मेलनलाई काठमांडौबाटै अनलाईन माध्यामबाट सम्बोधन गर्दै  'धितोपत्र, आईएमएफ, विश्व बैंक, एसियाली बैंक जस्था संस्थाहरु हामिले बैंक जस्ता ठान्छौ तर वास्तवमा यी संस्थाहरु त्यस्ता होइनन् यिनिहरु त साम्राज्यवादका विकसित रुपहरु हुन् ।' भनेर आफ्नो विचार राखेका थिए।  जसको असर आज प्र्त्यक्ष सेयर बजारमा देखियो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको