Like us!
Follow us!
Connect us!
Watch us!

१९ सयको लाइनमा नेप्से, निरूत्साहित बने लगानीकर्ता

नेप्से

मंगलबार, ३१ जेठ २०७९, १५ : ०४ मा प्रकाशित

१९ सयको लाइनमा नेप्से, निरूत्साहित बने लगानीकर्ता

मंगलबार पनि सेयर बजारले ओरालो यात्रा नै तय गर्दा नेप्से परिसूचक २ हजार विन्दुभन्दा तल झरेकाे छ । लगातारकाे गिरावटले लगानीकर्ताहरू निरूत्साहित बनेका छन् । 

पूँजी बजार विरोधीको विरूद्धमा आफ्ना विभिन्न मागसहित लगानीकर्ताहरूको आन्दोलन पनि जारी नै छ । लगानीकर्ताहरूकाे माग सम्बाेधन भएदेखि बजारमा सकारात्मक माहाेल देखा पर्न सक्दथ्याे । तर अहिले लगानीकर्ताहरूको आवाज नै सुनिएकाे छैन । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३६.०७ अंकले घटेर १९९६.२६ विन्दुमा झरेकाे छ । नेप्से १.७८ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ६.४८ अंकले घटेर ३८३.५१ विन्दुमा झरेकाे छ । 

कूल २३२ वटा कम्पनीकाे ४१ लाख ४७ हजार २ सय ५५ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब १८ करोड ५५ लाख ४६ हजार एक सय ७९ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर घटेको छ । 

मंगलबार शिवम् सिमेन्टकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ४ कराेड ६७ लाख १८ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै नाफा कमाएका छन् । संस्थाकाे सेयरमूल्य ८.१८ प्रतिशतले बढेर ४ सय ४८ रूपैयाँ ४० पैसा पुगेकाे छ । 

यस दिन हिमालयन पावर पार्टनर कम्पनी लिमिटेडकाे सेयरमूल्यमा नकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे सेयरमूल्य ९.९९ प्रतिशतले घटेर ३ सय ४४ रूपैयाँ ३० पैसामा झरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको