Like us!
Follow us!
Connect us!
Watch us!

मन्दाकिनी हाइड्रोपावरको आईपिओमा आजदेखि आवेदन दिन पाइने, कसले दिने आवेदन ?

अर्थ संसार

बुधबार, ०१ असार २०७९, ०७ : ४१ मा प्रकाशित

मन्दाकिनी हाइड्रोपावरको आईपिओमा आजदेखि आवेदन दिन पाइने, कसले दिने आवेदन ?

मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेडले आज असार १ गते बुधबारदेखि आयाेजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएकाे छ ।

कम्पनीले पहिलाे चरणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरकाे ५ लाख ८८ हजार ३ हजार ७ सय कित्ता साधारण सेयर आईपीओ निष्कासन गर्न लागेकाे हाे ।

कम्पनीले स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १७ कराेड ६४ लाख ११ हजार रूपैयाँ बराबरकाे १७ लाख ६४ हजार एक सय १० कित्ता आईपीओ निष्कासन गर्न सेबाेनबाट अनुमति पाएकाे थियाे । 

 क-कसले भर्न पाउँछन् ?

यस आईपीओमा कम्पनीकाे आयोजना प्रभावित क्षेत्र अर्थात् कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. २, ३, ४ र ६ का बासिन्दाहरुले आवेदन दिन पाउनेछन् ।

कति दिने आवेदन ?

स्थानीय बासिन्दाहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

कहिलेसम्म दिने आवेदन ?

यस आईपीओमा छिटाेमा असार १५ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा सबै सेयर बिक्री नभएमा असार ३० गतेसम्म आवेदन दिन सकिनेछ ।

काे हाे बिक्री प्रबन्धक ?

कम्पनीले उक्त प्रयोजनका लागि बिओके क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले मन्दाकिनी हाइड्रोपावरको रजिष्टर्ड कार्यालय, सिनामंगल, काठमाडौं, पोखरा फाइनान्सको लाहाचोक शाखा, एनएमबि बैंकको हेम्जा शाखा र प्राइम कमर्सियल बैंकको लामाचौर शाखाबाट आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको