Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावरको अवितरित हकप्रदकाे बोलपत्र खुल्याे, कटअफ मूल्य कति ?

अर्थ संसार

बुधबार, ०१ असार २०७९, १३ : १७ मा प्रकाशित

अपि पावरको अवितरित हकप्रदकाे बोलपत्र खुल्याे, कटअफ मूल्य कति ?

अपि पावर कम्पनीले  जेठ १८ गतेदेखि जेठ २६ गतेसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको अवितरित हकप्रद सेयर शिलबन्दी बोलपत्र खुला गरिएको छ । 

कम्पनीले चैत्र २५ गतेदेखि वैशाख १५ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन नपरेको सर्वसाधारण समूहको ४ लाख ४९ हजार ३ सय २८ कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री गर्न आवेदन खोलेको हो । कम्पनीले ०.३९३६ प्रतिशत हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको सेयर अहिले लिलामीमा बिक्री खुल्ला गरेको थियो । 

कम्पनीको सेयर बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले दिएकाे जानकारी अनुसार लिलामी सेयर खरीदका लागि कुल एक हजार ३ सय ७३ जना लगानीकर्ताहरूले आवेदन दिएका छन् । प्राप्त आवेदनका आधारमा हाल कम्पनीको लिलामी सेयरको प्रारम्भिक कटअफ मूल्य २ सय ४० रूपैयाँ कायम गरिएकाे छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको