Like us!
Follow us!
Connect us!
Watch us!

एकदिनमा ५ अर्बले बढ्यो निक्षेप, सिडी रेसियोमा सुधार

अर्थ संसार

बुधबार, ०१ असार २०७९, ११ : ०५ मा प्रकाशित

एकदिनमा ५ अर्बले बढ्यो निक्षेप, सिडी रेसियोमा सुधार

बैंकहरूकाे निक्षेप संकलन ५ अर्बले बढेकाे छ । बैंकहरूकाे निक्षेप संकलन बढ्दा सिडी रेसियाेमा पनि सुधार देखिएकाे छ । 

नेपाल राष्ट्र बैंकका अनुसार जेठ ३० गते, साेमबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४९ खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप रहेको छ । जेठ २९ गते, आइतबारसम्म बैंकहरूकाे निक्षेप ४९ खर्ब ७० अर्ब रूपैयाँ रहेकाे थियाे । एक दिनमा बैंक तथा वित्तीय संस्थाहरूकाे निक्षेप ५ अर्बले बढेकाे हाे । यसै अवधिमा वाणिज्य बैंकहरूकाे निक्षेप पनि ५ अर्बले बढेर ४३ खर्ब ९४ अर्ब पुगेकाे छ ।

वाणिज्य बैंकहरूको कर्जा लगानी भने एक अर्बले घटेर ४१ खर्ब ८६ अर्ब रूपैयाँमा सिमित छ । बैंक तथा वित्तीय संस्थाहरूकाे कुल कर्जा प्रवाह ४७ खर्ब १७ अर्बमा झरेकाे छ ।

बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) ८९.८७ प्रतिशतबाट घटेर ८९.७८ प्रतिशतमा झरेकाे राष्ट्र बैंकले जनाएको छ । 

62a96df98106f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको