Like us!
Follow us!
Connect us!
Watch us!

बागमती सरकारले बढायो कर्मचारीको तलव

अर्थ संसार

बुधबार, ०१ असार २०७९, १८ : ०४ मा प्रकाशित

बागमती सरकारले बढायो कर्मचारीको तलव

बागमती सरकारले कर्मचारीहरूको तलव बढाएकाे छ । 

आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्य प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश मातहतमा रहेका कर्मचारीहरुको तलव १५ प्रतिशतले वृद्धि गर्ने जानकारी दिएका हुन् । 

साउन १ गतेदेखि लागू हुने गरी प्रदेश निजामति सेवामा कार्यरत कर्मचारीको तलव संघीय निजामति सरह १५ प्रतिशतले बढाइएको हाे ।

त्यसैगरी, साउन १ गतेदेखि लागू हुने गरेर प्रदेश निजामति र करारमा कार्यरत कर्मचारीलाई मासिक २ हजार महँगी भत्ता दिने व्यवस्था समेत गरिएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको