Like us!
Follow us!
Connect us!
Watch us!

सर्वोत्तमको बुक विल्डिङ्ग: संस्थागत लगानीकर्तासंग माग्यो न्यूनतम सेयर संख्या र मूल्य

अर्थ संसार

विहीबार, ०२ असार २०७९, ०७ : ३३ मा प्रकाशित

सर्वोत्तमको बुक विल्डिङ्ग: संस्थागत लगानीकर्तासंग माग्यो न्यूनतम सेयर संख्या र मूल्य

बुक विल्डिङ्ग विधि मार्फत आईपिओ निष्काशनको तयारीमा रहेको सर्वोत्तम सिमेन्टले नेपाल धितोपत्र बोर्डबाट योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्ने स्वीकृति प्राप्त संस्थाहरुसंग छलफल गर्ने भएको छ । 

कम्पनीका अनुसार उक्त छलफल कार्यक्रम असार १९ गते आईतबार र्याडिसन होटल, काठमांडौमा दिउसो ३ः१५ बजेदेखि सुरु हुने छ । 

कम्पनीले बुक विल्डिङ्ग विधि मार्फत धितोपत्रको सार्वजनिक निष्कासन गर्न लागेको र बुक विल्डिङ्ग निर्देशिका, २०७७ को दफा (७) उपदफा (१) बमोजिम प्रारम्भिक विवरणपत्र उपर योग्य संस्थागत लगानीकर्ताहरुलाई सहभागी गराई सोही निर्देशिकाको दफा (८) को व्यवस्था अनुरुप आशय मूल्य (योग्य संस्थागत लगानीकर्ताले खरीद गर्न चाहेको न्यूनतम धितोपत्र संख्या, आशय मूल्य तथा मूल्याङ्कनको विधि सहित प्रारम्भिक विवरणपत्रमा सुझाव भएमा सो समेत) प्राप्त गर्ने प्रयोजनका लागि छलफल डाकिएको कम्पनीले जनाएको छ । 

कम्पनीले प्रकाशन गरेको सूचनाः

62aa8cf78fdd1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको