Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको ओरालो यात्रामा ब्रेक ! दाेहाेराे अंकले बढ्याे सेयर बजार

नेप्से

विहीबार, ०२ असार २०७९, १५ : १२ मा प्रकाशित

नेप्सेको ओरालो यात्रामा ब्रेक ! दाेहाेराे अंकले बढ्याे सेयर बजार

सेयर बजारकाे लगातारकाे ओरालो यात्रामा ब्रेक लागेकाे छ । आठौँ  दिनपछि आज (बिहीबार) सेयर बजार दाेहाेराे अंकले बढेकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक १२.५७ अंकले बढेर १९७८.९४ विन्दुमा पुगेकाे छ । नेप्से ०.६४ प्रतिशतले बढेकाे हो । सेन्सेटिभ परिसूचक पनि ३.१० अंकले बढेर ३८२ विन्दुमा पुगेको छ । 

कूल २२१ वटा कम्पनीकाे ३५ लाख ९४ हजार ५ सय ९४ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब १८ करोड ७१ लाख ४५ हजार ५ सय १९ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये लाइफ इन्स्याेरेन्स समूह र लगानी समूहबाहेक बाँकी सबै उपसमूहकाे सेयर बढेको छ ।

बिहीबार नेपाल टेलिकमकाे सर्वाधिक काराेबार भएकाे छ । टेलिकमकाे १३ कराेड ८८ लाख ९७ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

यसदिन आँधिखाेला  लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । अन्य २ कम्पनीकाे अर्थात् रिभर फल्स र सामुदायिक लघुवित्तकाे पनि सकारात्मक सर्किट लेभलमा काराेबार भएकाे छ । 

आज लुम्बिनी जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ३.८० प्रतिशतले घटेर ४ सय ५ रूपैयाँमा झरेकाे छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको