Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बैंकले ऋणपत्र निष्कासन गर्ने, बिक्री प्रबन्धक नियुक्त

अर्थ संसार

शुक्रबार, ०३ असार २०७९, ११ : १३ मा प्रकाशित

नेपाल बैंकले ऋणपत्र निष्कासन गर्ने, बिक्री प्रबन्धक नियुक्त

नेपाल बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएकाे छ । बैंकले “१०.५०% नेपाल बैंक ऋणपत्र २०८४” नाममा प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा २ अर्ब ५० कराेड रूपैयाँ बराबरकाे २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेकाे हाे । 

बैंकले ऋणपत्र जारी गर्न नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । उक्त ऋणपत्रको अवधि ५ वर्ष रहेको र ब्याजदर १०.५०%  प्रतिशत रहेको छ । 

उक्त सम्झौता पत्रमा नेपाल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको