Like us!
Follow us!
Connect us!
Watch us!

मनकामना केबलकारका निर्देशक राजेशबाबु श्रेष्ठलाई अस्ट्रिया सरकारको पदक

अर्थ संसार

शुक्रबार, ०३ असार २०७९, ११ : ४० मा प्रकाशित

मनकामना केबलकारका निर्देशक राजेशबाबु श्रेष्ठलाई अस्ट्रिया सरकारको पदक

चितवन कोइ ग्रुपद्वारा सञ्चालित मनकामना केबलकारका निर्देशक राजेशबाबु श्रेष्ठले गणतन्त्र अस्ट्रिया सरकारबाट ‘डेकोरेसन अफ अनर इन सिल्भर’ पदक प्राप्त गर्ने भएका छन् । श्रेष्ठ नेपालका लागि अस्ट्रियाका अवैतानिक वाणिज्यदूत पनि छन् । 

नेपाल सरकार मन्त्रिपरिषदको जेठ ३१ गते बसेको बैठकले निर्देशक श्रेष्ठलाई ‘डेकोरेसन अफ अनर इन सिल्भर’ पदक ग्रहण गर्न स्वीकृत गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले श्रेष्ठलाई यो पुरस्कार ग्रहणका निमित्त अनुमति दिइएको बिहीबार आयोजित कार्यक्रममा जानकारी दिएका छन् ।

श्रेष्ठका बुवा तथा मनकामना केबलकारका संस्थापक स्व. लक्ष्मण बाबु श्रेष्ठले सन् २००२ मा यही पदक गोल्डतर्फ प्राप्त गरेका थिए । 

डेकोरेसन अफ अनर अस्ट्रिया सरकारद्वारा सम्मानित गरिने पदक हो । अस्ट्रिया र विदेशबाटसमेत जसले देशको लागि उत्कृष्ट सेवाहरू प्रदान गरेका छन्, उनीहरुलाई यो पदक प्रदान गरिन्छ । डेकोरेसन अफ अनरसम्बन्धी पुरस्कारहरू सम्बन्धित कानून बमोजिम राष्ट्रपतिद्वारा बनाइन्छ भने सरकारले उपयुक्त व्यक्ति छनोट गर्दछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको