Like us!
Follow us!
Connect us!
Watch us!

शुक्रबारको सेयर बजार : ७.५७ अंकले घट्यो परिसूचक, ७३ करोडको कारोबार

नेप्से

शुक्रबार, ०३ असार २०७९, १३ : ३४ मा प्रकाशित

शुक्रबारको सेयर बजार : ७.५७ अंकले घट्यो परिसूचक, ७३ करोडको कारोबार

साताकाे अन्तिम काराेबार दिन शुक्रबार सेयर बजारले ओरालो यात्रा तय गरेकाे छ । धेरै दिनपछि हिजाे बढेकाे बजारमा आज उकालो टिक्न सकेन ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (शुक्रबार) सेयर कारोबार मापक नेप्से परिसूचक ७.५७ अंकले घटेर १९७१.३६ विन्दुमा झरेकाे छ । नेप्से ०.३८ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ०.६९ अंकले घटेर ३८१.१४ विन्दुमा झरेकाे छ । 

कूल २२० वटा कम्पनीकाे २३ लाख ५४ हजार ९ सय ११ कित्ता सेयर खरिदबिक्री हुँदा ७३ करोड ६२ लाख ३५ हजार २ सय ९८ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज म्युचुअल फण्डबाहेक बाँकी सबै उपसमूहकाे सेयर घटेको छ । 

शुक्रबार नेपाल टेलिकमकाे सर्वाधिक काराेबार भएकाे छ । टेलिकमकाे १० कराेड १४ लाख ७० हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । संस्थाकाे सेयरमूल्य ९.९९ प्रतिशतले बढेर ५ सय ९६ रूपैयाँ ७० पैसा पुगेकाे छ । 

यस दिन रिभर फल्स पावर कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ५.९३ प्रतिशतले घटेर २ सय ७३ रूपैयाँमा झरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको