Like us!
Follow us!
Connect us!
Watch us!

तिलक कोइरालाको स्वास्थ्य अवस्था कमजोर,बेलुका नै हस्पिटल भर्ना गर्नुपर्ने अवस्था आउन सक्छ: डा अजित

अर्थ संसार

शनिबार, ०४ असार २०७९, १९ : ५४ मा प्रकाशित

तिलक कोइरालाको स्वास्थ्य अवस्था कमजोर,बेलुका नै हस्पिटल भर्ना गर्नुपर्ने अवस्था आउन सक्छ: डा अजित

अनसनरत लगानीकर्ता तिलक कोइरालाको स्वास्थ्य अवस्था दिनानुदिन गम्भीर भनिरहेको छ। उनी आषाढ १ गते बाट पूँजीबजार सुधारका विविध १९ माग लियाएर नियामक धितोपत्र वोर्डको कार्यालय अगाडि अनसन बसिरहेका छन। अनसनको चौथो दिन आज उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएको उनको निगरानी गरिरहेका डाक्टर अजित बताउँछन्।

हिजो अनसनको तेश्रो दिनको तुलनामा आज चौथो दिन उनको स्वास्थ्य अवस्था गम्भीर बनिरहेको छ र स्वास्थका अन्य विभिन्न समस्या देखिन थालेको छ। ब्लड प्रेसर ९०/६० बाट घटेर अहिले ८०/५० मा आएको ,मुटुको चाल ६४ बाट घटेर अहिले ५४ आएको र छातीमा र कम्मरमा दुखाइ भइरहेको हुँदा उनलाई मृगौला को समस्या पनि देखिन सक्ने उनका चिकित्सक बताउँछन्। तिलक कोइरालाको स्वास्थ्य अवस्था दिनानुदिन बिग्रिँदै गइरहेको हुँदा आज नै उनलाई अस्पतालमा भर्ना गर्नुपर्ने अवस्था आउन सक्ने डाक्टर अजित बताउँछन्।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको