Like us!
Follow us!
Connect us!
Watch us!

तिलक कोईरालालाई भेट्दै सुझाव समितीका संयोजकले भने-‘अनसन तोडेर हामीलाई सहयोग गरिदिनुस्’

अर्थ संसार

शुक्रबार, ०३ असार २०७९, १३ : १० मा प्रकाशित

तिलक कोईरालालाई भेट्दै सुझाव समितीका संयोजकले भने-‘अनसन तोडेर हामीलाई सहयोग गरिदिनुस्’

नेपाल धितोपत्र बोर्डका कार्यवाहक कार्यकारी निर्देशक एबं अर्थमन्त्रालयले गठन गरेको पूँजीबजार सुधार सुझाव समितीका संयोजक विनयदेव आचार्यले लगानीकर्ताका मागहरु राष्ट्र बैंक र अर्थ मन्त्रालयमा जानकारी गराईसकेको बताएका छन् । आज अनशनरत लगानीकर्ता तिलक काेइरालालाई भेट्दै आचार्यले लगानीकर्ताहरुका मागप्रति आफुहरु सकारात्मक रहेको भन्दै अनसुन तोड्न समेत आग्रह गरेका छन् । 

‘अहिले अर्थमन्त्रालयले गठन गरेको सुझाव समितीको संयोजक मलाई तोकिएको छ, सदस्य सचिव पनि बोर्डबाट नै हुनुहुन्छ, अब अर्थमन्त्रालय र राष्ट्र बैंकबाट प्रतिनिधि आएपछि एक दुई दिनमै हाम्रो बैठक बस्छौँ, यहाँ हामीहरु पनि बजारको विकासका लागि बसेका हौँ तिलक जी पनि बजारको विकासकै लागि आमरण अनशन बस्नु भएको हो त्यसैले म आग्रह गर्छु अहिलेलाई यो अनशन टुङ्ग्यायर सहयोग गर्दिनोस्’ आचार्यले भने । 

आचार्यको आग्रहको जवाफमा अनशनरत तिलक कोईरालाले अब आफुहरुले उदारो सम्झौतामा आन्दोलन नछोड्ने र अर्थ मन्त्रालयका सचिवको नेतृत्वमा बन्ने वार्ता समिती वा कार्यान्वयन समितीसँग मात्र वार्ता हुने बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको