Like us!
Follow us!
Connect us!
Watch us!

तिलक कोईरालाको आमरण अनशनको आज सातौ दिन, स्वास्थ्य अवस्था गम्भीर बन्दै

अर्थ संसार

मंगलबार, ०७ असार २०७९, ०७ : ०३ मा प्रकाशित

तिलक कोईरालाको आमरण अनशनको आज सातौ दिन, स्वास्थ्य अवस्था गम्भीर बन्दै

असार १ गतेदेखि पूँजी बजारको विकास र विस्तारका १९ बुँदे माग सहित आमरण अनशनमा बसेका तिलक कोइरालाको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । चिकित्सकले कोइरालाई जतिबेला पनि अस्पताल लानुपर्ने अवस्था आउन सक्ने बताएका छन् । 

सोमबार रातिमात्र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले मंगलबारसम्ममा लगानीकर्ताहरुलाई अर्थमन्त्रालयसंग समन्वय गरेर ठोस योजना दिने बताएका छन् । कोईरालाको अनशनमा लगानीकर्ताहरुका आथै विभिन्न राजनितीक दल र तिनका नेताहरुले समेत ऐक्यवद्धता जनाएका छन् । 

तिलकजीको स्वास्थ्य अवस्था गम्भिर बन्दै गइरहेको छ यस्तो अवस्थामा सबै पक्ष संवेदनशिल हुनु जरुरी छ सम्भवत आज अन्तिम लडाई हुनसक्छ त्यसैले आम लगानीकर्ताहरुलाई आज धितोपत्र बोर्डमा आई बजारको विकास र विस्तारका लागि आमरण अनशनमा ऐक्बद्धता जनाइदिन आग्रह गर्दछु एक लगानीकर्ताले भने । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको