Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ३ कम्पनीको सेयर सुचिकृत, कुनको कति ?

अर्थ संसार

आइतबार, ०५ असार २०७९, ०७ : ५५ मा प्रकाशित

नेप्सेमा ३ कम्पनीको सेयर सुचिकृत, कुनको कति ?

नेप्सेमा गत साता ३ कम्पनीकाे सेयर सुचिकृत भएकाे छ । गतसाता सुचिकृत भएका ३ कम्पनीमध्यमा २ कम्पनीकाे बाेनस सेयर सुचिकृत भएकाे हाे भने १ कम्पनीकाे आईपीओ । 

नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको २१.४८ प्रतिशत बाेनस बापतकाे १० लाख ६१ हजार २ सय २४ दशमलव २६ कित्ता सेयर साेमबार नेप्सेमा सूचिकृत भएकाे हाे ।

संस्थाको पाैष १० गते, शनिबार सम्पन्न भएकाे १५औँ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २१.४८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१३ प्रतिशत नगद गरी कुल २२.६१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे ।

बुधबार नेप्सेमा रिभर फल्स पावर कम्पनी लिमिटेडको ७० लाख कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा कारोबार हुन सक्ने गरी सूचिकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ८७ रूपैयाँ ९८ पैसादेखि अधिकतम २ सय ६३ रुपैयाँ ९४ पैसासम्म ओपनिङ रेञ्ज ९इउभल एचष्अभ च्बलनभ० निर्धारण गरेको छ । 

कम्पनीले वैशाख २८ गते, बुधबारदेखि जेठ ४ गते, बुधबारसम्म प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा २७ करोड ३० लाख रुपैयाँ बराबरको २७ लाख ३० हजार कित्ता साधारण सेयर आईपीओ निष्कासन गरेको हो । जसमध्ये, ५ प्रतिशत अर्थात् १ लाख ३६ हजार ५ सय कित्ता म्युचुअल फण्डका लागि , २ प्रतिशत अर्थात् ५४ हजार ६ सय कित्ता सेयर कर्मचारीहरुका र २५ लाख ३८ हजार ९ सय कित्ताका लागि सर्वसाधारणका लागि छुट्याइएको थियो ।

मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो । अन्तिम दिनसम्ममा १८ लाख ५९ हजार २ सय ४२ जना लगानीकर्ताहरूले २ करोड १३ लाख ९४ हजार ६ सय ३० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये, १८ लाख ५ हजार ४ सय ४० जना योग्य लगानीकर्ता थिए ।  गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी २ लाख ५३ हजार ८ सय ९० जना लगानीकर्ताले १० कित्ता सेयर प्राप्त गरेका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्सेमा बिहीबार  सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ प्रतिशत बाेनस बापतकाे १६ लाख ८० हजार कित्ता सेयर सूचिकृत भएकाे हाे ।

कम्पनीकाे चैत्र ३०  गते बुधबार सम्पन्न भएकाे २०औं वार्षिक साधारण सभाले कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरी कूल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको