Like us!
Follow us!
Connect us!
Watch us!

अर्धसतकले घट्याे नेप्से परिसूचक, १८ सयको लाइनमा सेयर बजार

नेप्से

सोमबार, ०६ असार २०७९, १५ : १४ मा प्रकाशित

अर्धसतकले घट्याे नेप्से परिसूचक, १८ सयको लाइनमा सेयर बजार

साेमबार पनि सेयर बजारले ओरालो यात्रा नै तय गर्दा नेप्से परिसूचक १९ सय विन्दुभन्दा तल झरी १८ सयकाे लाइनमा आएकाे छ । लगातारकाे गिरावटले लगानीकर्ताहरू निरूत्साहित बनेका छन् । पूँजी बजार विरोधीको विरूद्धमा आफ्ना विभिन्न मागसहित लगानीकर्ताहरूको आन्दोलन पनि जारी नै छ । लगानीकर्ताहरूकाे माग सम्बाेधन भएदेखि बजारमा सकारात्मक माहाेल देखा पर्न सक्दथ्याे । तर अहिले लगानीकर्ताहरूको आवाज नै सुनिएकाे छैन । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४९.३१ अंकले घटेर १८८४.८१ विन्दुमा झरेकाे छ । नेप्से २.५५ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ७.६६ अंकले घटेर ३६६.१९ विन्दुमा झरेकाे छ । 

कूल २३० वटा कम्पनीकाे ६१ लाख ८६ हजार ९ सय ४१ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ७५ करोड ६ लाख रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर घटेको छ । सबैभन्दा धेरै हाइड्राेपावर समूह घटेकाे छ ।

साेमबार प्रभु बैंक लिमिटेडकाे संस्थापक सेयरकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे संस्थापक सेयरकाे ११ कराेड ८३ लाख २० हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज २ लघुवित्तकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेड र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । 

यस दिन तेह्रथुम पावर कम्पनी लिमिटेडकाे सेयरमूल्यमा नकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले घटेर ४ सय २२ रूपैयाँ १० पैसामा झरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको