Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकासले ८ शाखा कार्यालयका शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्न दिने

अर्थ संसार

मंगलबार, ०७ असार २०७९, ०६ : २३ मा प्रकाशित

कामना सेवा विकासले ८ शाखा कार्यालयका शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्न दिने

कामना सेवा विकास बैंकले काठमाडौँ महानगरपालिका भित्र रहेका शाखाहरु मध्य बैंकका ८ वटा शाखा कार्यालयहरुका शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्न दिने गरी आज काठमाडौँ महानगरपालिकासँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

नगर कार्यपालिकाको मिति २०७९ जेठ १६ को निर्णया नुसार सार्वजनिक शौचालयको पहुँच जनस्तरसम्म पुर्याउन गरेको काठमाडौँ महानगरको आह्वान अनुरुप कामना सेवा विकास बैंकले आफ्नो एक्यबद्धता जनाएको हो ।

बैंकले सार्वजनिक प्रयोगका लागि सञ्चालनमा ल्याउने सार्वजनिक शौचालयको सरसफाई र आवश्यक सामानहरुको व्यवस्था सामाजिक उत्तरदायित्व अन्तर्गत स्वयंले गर्नेछ । कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रबिण बस्नेतले महानगरका नव निर्वाचित मेयरको काठमाडौंलाई व्यवस्थित गर्ने निती अनुरुप बैंकले पनि एक्यबद्धता जनाएको बताए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको