Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल पुनर्बीमासहित ४ कम्पनीको बोनस नेप्सेमा सूचिकृत, हेर्नुस् कुनको कति ?

नेप्से

मंगलबार, ०७ असार २०७९, १३ : ५७ मा प्रकाशित

नेपाल पुनर्बीमासहित ४ कम्पनीको बोनस नेप्सेमा सूचिकृत, हेर्नुस् कुनको कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) विभिन्न ४ वटा कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार नेपाल पुनर्बीमा​ कम्पनी लिमिटेडकाे १६.५० प्रतिशत बोनस बापतको एक कराेड ६५ लाख कित्ता सेयर सूचिकृत भएको हो ।

यस्तै, नेशनल हाइड्राेपावर कम्पनी लिमिटेडकाे १८.५२५ प्रतिशत बोनस बापतको २५ लाख ६६ हजार ५७ दशमलव ४३५५ कित्ता सेयर सूचिकृत भएको हो ।

यसका साथै, प्रभु इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे ११ प्रतिशत बाेनस बापतकाे १२ लाख ७८ हजार ९२ दशमलव ५६ कित्ता सेयर सूचिकृत भएको हो ।

त्यसैगरी, एनएलजी इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे १० प्रतिशत बोनस बापतको १२ लाख ६ हजार १३ दशमलव ०५ कित्ता सेयर सूचिकृत भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको