Like us!
Follow us!
Connect us!
Watch us!

मंगलबारको उत्साह नेप्सेमा टिकेन, सेयर बजार पून: ओरालो !

नेप्से

बुधबार, ०८ असार २०७९, १५ : १० मा प्रकाशित

मंगलबारको उत्साह नेप्सेमा टिकेन, सेयर बजार पून: ओरालो !

मंगलबार सकारात्मक माहाेल देखिएकाे सेयर बजारमा आज (बुधबार) फेरि गिरावट देखिएकाे छ । बुधबार नेप्से परिसूचक दाेहाेराे अंकले घट्दा काराेबार रकम पनि हिजाेकाे तुलनामा घटेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३१.२१ अंकले घटेर १८९३.५३ विन्दुमा झरेकाे छ । नेप्से १.६२ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ५.९४ अंकले घटेर ३६९.१५ विन्दुमा झरेकाे छ । 

कूल २२९ वटा कम्पनीकाे ३० लाख ३४ हजार ४ सय ८३ कित्ता सेयर खरिदबिक्री हुँदा ८४ करोड ३७ लाख ७३ हजार ४ सय ५९ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर घटेको छ । 

बुधबार नबिल बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे ३ कराेड ३९ लाख ६६ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज २ कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । ग्लोबल आइएमई सम्मुनत योजना १ र आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । 

यस दिन युनाइटेड इदी मर्दीकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ६.४८ प्रतिशतले घटेर ६ सय १५ रूपैयाँ ३० पैसामा झरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको