Like us!
Follow us!
Connect us!
Watch us!

रोकिएन नेप्सेको घट्ने क्रम, गुड न्यूजको अपेक्षामा लगानीकर्ता

नेप्से

विहीबार, ०९ असार २०७९, १५ : १२ मा प्रकाशित

रोकिएन नेप्सेको घट्ने क्रम, गुड न्यूजको अपेक्षामा लगानीकर्ता

बिहीबार पनि सेयर बजारकाे ओरालो यात्रामा नै निरन्तरता छ । 

सेयर बजार यसरी निरन्तर घट्दा हरेक नेपाली लगानीकर्ता आजित भइसकेका छन् । कतैबाट बजार बढ्ने संकेत देखिएको छैन । लगानीकर्ताहरूको मनसाय नै बजार घट्ने त हो भन्ने भइसक्यो । नियामककै नीतिको चपेटामा परेका लगानीकर्ताहरू बजारमा रौनकता फर्काउन ठूलै गुड न्यूजको पर्खाइमा छन् । अब बजारमा सकारात्मक प्रभाव पार्ने केही ठूलै परिवर्तन नआएसम्म बजार बाउन्स ब्याक हुन नसक्ने विश्लेषकहरूको प्रक्षेपण छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४५.२५ अंकले घटेर १८४८.२८ विन्दुमा झरेकाे छ । नेप्से २.३९ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ७.०६ अंकले घटेर ३६२.०९ विन्दुमा झरेकाे छ । 

कूल २३७ वटा कम्पनीकाे ५० लाख ८ हजार ७ सय ७१ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ४९ करोड ९७ लाख ९ हजार ६ सय ३५ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर घटेको छ । सबैभन्दा धेरै हाइड्राेपावर समूह घटेकाे छ । 

बिहीबार कुमारी बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे ९ कराेड ५३ लाख १२ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज २ वटा लघुवित्तकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । 

यस दिन शिव श्री हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ९.५६ प्रतिशतले घटेर २ सय २७ रूपैयाँमा झरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको