Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल एसबीआई बैंकले पायाे ऋणपत्र निष्कासन गर्न सेबोनबाट अनुमति, व्याज कति ?

अर्थ संसार

शुक्रबार, १० असार २०७९, १७ : ३५ मा प्रकाशित

नेपाल एसबीआई बैंकले पायाे ऋणपत्र निष्कासन गर्न सेबोनबाट अनुमति, व्याज कति ?

नेपाल एसबीआई बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति प्राप्त गरेकाे छ । 

बैंकले ३ अर्ब रूपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न फागुन १६ गते सेबाेनमा निवेदन पेश गरेकाे थियाे । जसमध्ये बैंकले सर्वसाधारणका लागि १२ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १८ लाख कित्ता बिक्री गर्नेछ ।

बैंकले ५ वर्ष अवधि भएकाे वार्षिक ९.२५ प्रतिशत व्याज भएकाे "५ वर्ष, ९.२५% नेपाल एसबीआई बैंक डिबेञ्चर, २०८३" नाममा ऋणपत्र निष्कासन गर्न लागेकाे हाे ।

त्यसैगरी, बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको