Like us!
Follow us!
Connect us!
Watch us!

आँखुखोला जलविद्युतकाे दुई आर्थिक वर्षको साधारण सभा सम्पन्न

अर्थ संसार

आइतबार, १२ असार २०७९, १५ : २५ मा प्रकाशित

आँखुखोला जलविद्युतकाे दुई आर्थिक वर्षको साधारण सभा सम्पन्न

आँखुखोला जलविद्युत कम्पनी लिमिटेडकाे गत दुई आर्थिक वर्षको संयुक्त वार्षिक साधारण सभा आज (असार १२ गते, आइतबार) सम्पन्न भएको छ । कम्पनीकाे १३ औँ र १४ औँ वार्षिक साधारण सभा अर्पण ब्याङ्क्वेट, थापागाउँ, नयाँ बानेश्वर, काठमाडौँमा सम्पन्न भएकाे हाे ।

सभामा कम्पनीकाे अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ को वार्षिक विवरण छलफल गरी पारित गरिएकाे छ । यसैका साथै, सभामार्फत् सर्वसाधारण समूहबाट एक जना महिला र संस्थापक समूहबाट ४ जना गरी कुल ५ जना सञ्चालकहरु निर्वाचित भएका छन् ।  

सर्वसाधारण समूहबाट एक जना महिलामा रनुका लिम्बु र संस्थापक समूहमा राम श्रेष्ठ, रामप्रसाद सापकोटा, दिनेश प्रकाश श्रेष्ठ र बृत्तान्त्र तामाङ्ग (बमजन) रेहका छन् । 

साधारणसभामा सेयरधनीले कम्पनीको बारेमा  प्रश्न चिन्ह खडा गरेका थिए । सेयरधनीको प्रश्नमाथि कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) उत्सव बरालले सम्बोधन गरेका थिए ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको