Like us!
Follow us!
Connect us!
Watch us!

युनाइटेड सिमेन्ट्सले गर्यो स्कुल ड्रेस वितरण

अर्थ संसार

आइतबार, १२ असार २०७९, १७ : ३८ मा प्रकाशित

युनाइटेड सिमेन्ट्सले गर्यो स्कुल  ड्रेस वितरण

युनाइटेड सिमेन्ट्सले महादेव खोला, लेले का सरकारी तथा निजी विद्यालयमा अध्यनरत ७३ विद्यार्थीलाई " स्कुल ड्रेस " वितरण गरेको छ। 

युनाइटेड सिमेन्ट्सको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महादेव युवा क्लबका अधक्ष अर्जुन लामाको अधक्षतामा गरिएको सो कार्यक्रममा युनाइटेड सिमेन्ट्सका खानी प्रबन्धक हरि कुमार उप्रेतीले स्कुल ड्रेस वितरण गरेका हुन्।
सो कार्यक्रममा एस. एम. रोडा ढुंगा को पनि योगदान रहेको थियो।  

युनाइटेड सिमेन्ट्सले बिगतमा पनि स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा विभिन्न सामाजिक कार्यक्रम गरेको थियो र भविष्यमा पनि यस्ता किसिमका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। 

४३ ग्रेड तथा ५३ ग्रेडको गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आएको यस उद्योगले आफ्नो  उत्तरदायित्व वहन गर्न सधैँ तयार रहेको जानकारी गराएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको