Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र सञ्चालन विनियमावलीको तेस्रो संसोधन सार्वजनिक, ब्रोकरले टिएमएस बापत १०० रुपैयाँ लिन सक्ने

अर्थ संसार

सोमबार, १३ असार २०७९, १२ : १३ मा प्रकाशित

धितोपत्र सञ्चालन विनियमावलीको तेस्रो संसोधन सार्वजनिक, ब्रोकरले टिएमएस बापत १०० रुपैयाँ लिन सक्ने

नेपाल स्टक एक्सचेन्जले धितोपत्र सञ्चालन विनियमावली २०७९ को तेस्रो संसोधनमा ब्रोकरहरुले आफ्नै टिएमएस चलाउन पाउने र सेवा शूल्क बापत बढिमा १०० रुपैयाँ लिन सक्ने व्यवस्था गरेको छ । 

संसोधित विनियमावलीको विनियम २१च को उपविनियम ७ मा कारोबार सदस्यले कारोबार व्यबस्थापन प्रणाली मार्फत ग्राहकलाई अनलाईन सेवा प्रदान गरेवापत प्रत्यक ग्राहकबाट बार्षिक बढिमा एकसय रुपैयाँ सेवा शुल्क लिन सक्ने व्यबस्था गरेको छ ।

नेप्सेसँग आबद्ध कारोबार व्यवस्थापन प्रणाली तीस दिनसम्म परीक्षणको रुपमा सञ्चालन गर्नु पर्नेछ । त्यसरी परीक्षणको रुपमा सञ्चालन गर्दा कारोबार व्यवस्थापन प्रणालीमा कुनै समस्या नदेखिएमा सो व्यहोरा सम्बन्धित क्षेत्रमा कार्य अनुभव भएको सूचना प्रविधि प्रणाली सम्परीक्षण गर्ने सेवाप्रदायक संस्था वा विशेषज्ञ मार्फत सम्परीक्षण तथा प्रमाणित गराई सञ्चालनमा ल्याउनु पर्नेछ ।

नेप्सेले विनियमावलीको संसोधन पारित गरेसँगै ब्रोकरहरुले पनि आफ्नै टिएमएस सञ्चालनको तयारी गरेका छन् । विनियमावलीको संशाेधनलाई पारित गर्न केही ढिलाई भएकोले नयाँ आर्थिक वर्षको सुरुवतामै नयाँ टिएमएस सञ्चालन गर्न सम्भव नभएको बताउँछन् ब्रोकर एसोशियसनका अध्यक्ष सन्तोष मैनाली । 

‘विनियमावली अनुसार धेरै परिवर्तन गर्नुपरेन भने हाम्रो टिएमएस करिब करिब तयारी अवस्थामा नै छ, त्यसलाई हामीले नेप्सेमा आवेदन दिएर नेप्सेले स्विकृती दिएपछि इन्डिकेट गरेर डिस्टिङ गर्न त केही समय लाग्ला’ अध्यक्ष मैनालीले भने ‘नियमावलीमा कुनै बाधा व्यवधान भएन र नेप्सेबाट राम्रो सपार्ट पायौँ भने करिब दशैसम्ममा हामि हाम्रै टिएमएस सञ्चालनमा ल्याँउछौ’ । 

विनियमावलीको पुर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस्... 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको