सेयर बजारमा सुधारको माग गर्दै मंगलबार सेयर बजारका लगानीकर्ताहरु बिहानै देखि नेपाल धितोपत्र बोर्डमा ताला लगाउने भन्दै पुगे । अघिल्लो दिन नै फेसबुक लाइभमा आएर बोर्डमा ताला लगानउने जानकारी गराएका थिए । बोर्डमा ताला लगाउने भन्ने विषयमा अग्रिम जानकारी भए पछि लगानीकर्ता भन्दा पहिले सेबोनमा प्रहरी पुग्यो ।
लगानीकर्ता पुग्नु भन्दा करिब १ घण्टा अघि बोर्डमा सुरक्षाका लागि पुगेका प्रहरीले तालाबन्दी गर्न नदिने बताए पछि लगानीकर्ताहरुले केही समय बोर्डको गेटमा भेला भए । करिब ३ घण्टाको बोर्ड गेट बाहिर रहेका प्रहरी र लगानीकर्ता बिची केही विषयमा भनाभन जस्तो बाहेक कुनै खालको ठेलमठेलको अवस्था सिर्जना भएन् । लामो समको प्रतिक्षा पछि पनि ताला लगाने अवस्था नदेखेका लगानीकर्ताहरु केही सुस्ताको अवस्था थियो । उनीहरु अब त्यहाँबाट फर्किनु पर्छ भन्ने अवस्थामा पुगिसकेका थिए । सोही बेला ताला लगाउने र दबाब दिने कार्यक्रममो नेतृत्व गरेका तिलक कोइरालाई नेपाल धितोपत्र बोर्डका अध्यक्ष गोपाल भट्टले फोन गरे । फोनमा उनले सेयर बजारको सुधारको लागि मंगलबार साँझ सम्ममा कार्ययोजना सार्वजनिक गर्ने आश्वासन दिँदै लगानीकर्तालाई आश्वासन दिए ।
अध्यक्ष भट्टले अर्थमन्त्रीसँग छलफल गरेर समस्या समाधान गर्ने भन्दै वातावरण सहज बनाइदिन आग्रह गरेपछि लगानीकर्ताहरुले त्यसलाई स्वीकार गरेर त्यहाँबाट निस्कीने अवस्था बन्यो । पुँजी बजारका लागि अहिलेको सरकारले काम नै नगरेको बताउँदै लगानीकर्ताहरुले काम नगर्ने धितोपत्र बोर्ड खुला राख्न जरुरी नै नरहेको बताउँदै ताला लगाउनु पर्ने अवस्था आएको बताए । तर, प्रहरीको उपस्थितिमा लगानीकर्ताहरुले ताला लगाउने कार्य गर्न सकेनन् । सुधारको कार्ययोजना ल्याउने आश्वासन पाए पछि धितोपत्र बोर्ड खुमलटार पुगेका लगानीकर्ताहरुलाई तिलक कोइरालाले घर फर्किन अनुरोध गरे अनुसार त्यहाँ पुगेका लगानीकर्ता फर्किए । तर, उनीहरुले आज साँझ ६ बजेसम्म सेयर बजार सुधारको कार्ययोजना नआएको खण्डमा भोलिदेखि सबै ब्रोकर कार्यालय बन्द गरेर सेयर कारोबार नै ठप्प पार्ने चेतावनी दिए ।
‘आज आएका साथीहरुलाई मैले आग्रह गरेर घर जान भने । यदि आज साँझ ६ बजेसम्म सेयर बजार सुधारको कार्ययोजना आएन भने भोलि सबै ब्रोकर कार्यालयका कर्मचारीहरु प्रवेश गर्न नसक्ने अवस्था आउँछ,’ कोइरालाले भने । उनका अनुसार यो दाबाब सरकारलाई गारो पार्ने भन्दा पनि सहयोग गर्ने गरि गरिएको हो । अहिलेको अवस्था धेरै लगानीकर्ताहरुले आफूलाई आत्मदाह गर्नु पर्ने अवस्था आएको र यसको जिम्मेवारी लिन भनिरहेको अवस्थामा आम लगानीकर्ताको सुरक्षा र हितका लागि आफूले मैदानमा आएको उनको भनाइ छ ।
कार्यक्रममा आएका केही लगानीकर्ताहरुले अहिलेको सरकारलाई असफल बनाउनेमा मुख्य जिम्मेवार अर्थमन्त्री डा. स्वीर्णिम वाग्ले भएको भन्दै राजीनामा दिनु पर्ने समेत बताए । बोर्ड नेतृत्वले आज साँझसम्मका लागि समय माग गरेकाले समय दिएको तिलक कोइरालको भनाइ छ ।
कार्यान्वयन नभएको खण्डमा थप कडा आन्दोलन गर्ने उनको चेतावनी थियो । बोर्ड ल्याउने भनेको कार्ययोजना लगानीकर्तामैत्री नभएको खण्डमा पनि आन्दोलन थप कडा हुने कोइरालाको भनाइ छ । लगानीकर्तालाई झुक्याउने काम गरियो भने त्यो निकै दुखत हुने उनले बताए । लगानीकर्ताहरु बाध्य भएर सडकमा आउनु परेको अर्का लगानीकर्ता सुरज खड्काको भनाइ छ । अहिलेको सरकारले पुँजी बजारका लागि गर्नु पर्ने कुनै पनि काम नगरेको र लगानीकर्ताहरु आत्मदाहा गर्नु पर्ने अवस्था सिर्जना भएकाले आन्दोलन गर्नु परेको उनको भनाइ छ । उनको जस्तै पिडा छ रमेश श्रेष्ठको पनि । उनले पनि बजारका लागि सरकारले गर्नु पर्ने कुनै पनि काम नगरेको र कर मात्रै बढाएको अवस्थामा लगानीकर्ता प्यानिक भएर आन्दोलन गर्न बाध्य भएको बताए ।
अहिलेको अवस्थामा कर बढाउने भन्दा पनि घटाउनु पर्ने लगानीकर्ताको माग छ । अर्थमन्त्रीले लगानीकर्ताले भनेर आफूले बढाएको बताए पनि लगानीर्ताले कर बढाउनका लागि नभनेको उनीहरुको भनाइ छ । पुँजी बजारमा गर्नु पर्ने सुधारका कामहरु गरेको खण्डमा अलिहेको भन्दा पनि बढी कर भए पनि तिर्न तयार रहेको उनीहरुको भनाइ छ । कजार कमजोर भएको र लगानीकर्ता नोक्सानीमा रहेको बेला कर बढाउनु उपयुक्त नरहेको लगानीकर्ता नानीबाबु खरेलको भनाइ छ । समस्यामा लगानीकर्ता रहेको बेला सरकारले भने ब्रोकर एसोसिएसनसँग वार्ता गरेर समस्या समाधान नहुने लगानीकर्ताको भनाइ छ ।
सेयर बजार सुधाकार लागि अहिलेको सरकार तयार रहेको र आफू आएको पनि छोटो समय भएकाले विस्तारै सबै समस्या समाधान हुने गर्दै जाने धितोपत्र बोर्डका अध्यक्ष गोपाल प्रसाद भट्टको भनाइ छ । ‘म आएको १० दिन मात्रै भयो । अध्ययनकै क्रममा रहेको छु । विस्तारै समस्याहरु समाधान हुँदै जान्छन्,’ उनले भने । पुँजी बजार सुधारका लागि गर्नु पर्ने कार्ययोजना अर्थमन्त्रालयबाट स्वीकृत भइसकेको र आज वा भोलि भित्रमा त्यो सार्वजनिक हुने अध्यक्ष भट्टले बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस