Like us!
Follow us!
Connect us!
Watch us!

एक दिन पनि टिकेन नेप्सेको उछाल, परिसूचकसंगै कारोबार रकममा पनि संकुचन

नेप्से

सोमबार, १३ असार २०७९, १५ : १६ मा प्रकाशित

एक दिन पनि टिकेन नेप्सेको उछाल, परिसूचकसंगै कारोबार रकममा पनि संकुचन

साताको दोस्रो कारोबार दिन आज (सोमबार) सेयर बजारमा गिरावट देखिएको छ । आइतबार नेप्से परिसूचकमा उछाल नै आएको थियो नेप्से परिसूचक ९४ अंकले बढ्दा २१ वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट नै लागेको थियो तर आज कारोबारको दोस्रो दिनमै नेप्सेमा दोहोरो अंकको गिरावट देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (सोमबार) सेयर कारोबार मापक नेप्से परिसूचक २३.८५ अंकले घटेर १९३३.१३ को विन्दुमा पुगेको छ । नेप्से १.२२ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक पनि ७.०२ अंकले घटेर ३७५.८५ को विन्दुमा पुगेको छ । 

कूल २२९ वटा कम्पनीको ५६ लाख ४१ हजार ५ सय ४० कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ४ करोड ४८ लाख ३१ हजार ९ सय ४८ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज लाईफ इन्स्योरेन्स र इन्भेष्टमेन्ट बाहेक सबै उपसमूहको सेयर घटेको छ ।

सोमबार नागरिक लगानी कोषको सर्वाधिक कारोबार भएको छ । कोषको १५ करोड ६५ लाख ८८ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आज सबैभन्दा बढि सिवाईसी लघुवित्त कम्पनीको सेयर मूल्य बढेको छ । उक्त कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको हो । 

यस दिन सबैभन्दा बढि उन्नती सहकार्य लघुवित्त वित्तिय संस्थाको सेयरमूल्य घटेको छ ।  कम्पनीको सेयर मूल्य आज १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको