आज लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको १० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोली असार १५ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, असार आज १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीको असार ८ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार १७ औँ वार्षिक साधारण सभा असार २९ गते, अमृतभोग क्याटरिङ कालिकास्थान, डिल्लीबजार काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।
सभामा कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ९।५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।५ प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
यसैगरी, सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ भने सस्थापक सेयरधनीहरुका तर्फबाट प्रतिनिधित्व हुने ४ जना सञ्चालकको समेत निर्वाचन हुनेछ ।
साथै सभाले कम्पनीको चुक्ता पूँजी बृद्धिको बिशेष प्रस्ताव समेत पारित गर्नुका साथै मर्जर सम्बन्धमा आवश्यक निर्णय गर्ने अधिकार सञ्चालक समितीलाई दिने छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस