Like us!
Follow us!
Connect us!
Watch us!

हकप्रद र लाभांशको हल्ला चलाएर एलआईसीएनको मूल्यमा चलखेल हुँदै

अर्थ संसार

मंगलबार, १४ असार २०७९, १० : ५७ मा प्रकाशित

हकप्रद र लाभांशको हल्ला चलाएर एलआईसीएनको मूल्यमा चलखेल हुँदै

संस्थापक सेयरलाई साधारण सेयरमा परिमार्जन गरेसंगै बजारमा आकर्षक लाभांश र हकप्रदको हल्ला फैपाएर लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपाल सेयर मूल्यमा चलखेल भइरहेको पाइएको छ । 

केहि महिना अघिमात्र कम्पनीको २६ लाख ५३ हजार २०० कित्ता संस्थापक सेयरलाई साधारण सेयरमा परिमार्जन गरी कम्पनीको सेयर स्वामित्व संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत कायम गरिएको थियो ।

त्यहि संस्थापक सेयर महंगो मूल्यमा बेच्नका लागि बजारमा बोनस र हकप्रदको हल्ला फैलाएर सेयर मूल्य उचाल्न खोजिएको लगानीकर्ताहरुको आरोप छ । बीमा समितिले जेठ २३ गते सोमबार एक निर्देशन गरी गर्दै सबै बीमा कम्पनीहरुलाई २०७९ आषाढ मसान्त सम्म मर्जरमा जान सहमतिपत्रमा हस्ताक्षर गर्न र मर्जरको सम्पूर्ण प्रक्रिया २०८० आषाढ मसान्त सम्म पूरा गर्न आव्हान गरेको थियो ।

बीमा समितिले जीवन बीमा कम्पनीहरुको चुक्ता पूँजी बृद्धि गरी २०७९ साल चैत्र मसान्तसम्ममा ५ अर्ब पुर्याउन पर्ने नियम बनाएकाले पनि अहिले विभिन्न जिवन बिमा कम्पनीहरु पूँजी बृद्धिको योजना बनाइरहेका छन् ।

अहिले अन्य बिमा कम्पनीहरुलाई जस्तै एलआईसिएनलाई पनि पूँजी बृद्धि गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको भएता पनि कुन तरिका बाट पूँजी बृद्धि गर्ने भन्ने विषयमा यकिन नभइसकेको कम्पनी स्रोतको दावी छ ।

असार ९ गते विहिबार एक हजार ८६ रुपैयाँ प्रतिकित्ता सम्ममा कारोबार भएको कम्पनीको सेयर मूल्य सोमबार १ हजार ४३० रुपैयाँसम्ममा कारोबार भएको थियो यो चार कारोबार दिनमा यो कम्पनीको स्यर मूल्य ३१.६७ प्रतिशतले बृद्धि भएको हो ।  

अहिले बजारमा कम्पनीले ३० प्रतिशत बोनस सेयर र ४० प्रतिशत हकप्रद सेयर वितरण गर्ने हल्ला चलेको छ जसका कारणपनि कम्पनीको मूल्य दिनहँु बढिरहेको देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको