Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल एसबीआई बैंकले असार २२ गतेदेखि ऋणपत्र निष्कासन गर्दै, व्याज कति ?

अर्थ संसार

मंगलबार, १४ असार २०७९, ११ : ०८ मा प्रकाशित

नेपाल एसबीआई बैंकले असार २२ गतेदेखि ऋणपत्र निष्कासन गर्दै, व्याज कति ?

नेपाल एसबीआई बैंक लिमिटेडले असार २२ गते, बुधबारबाट ऋणपत्र निष्कासन गर्ने भएकाे छ ।

बैंकले ५ वर्ष अवधि भएकाे वार्षिक ९.२५ प्रतिशत व्याज भएकाे "५ वर्ष, ९.२५% नेपाल एसबीआई बैंक डिबेञ्चर, २०८३" नाममा ऋणपत्र निष्कासन गर्न लागेकाे हाे । बैंकले प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा ३ अर्ब रूपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ । जसमध्ये बैंकले सर्वसाधारणका लागि १२ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १८ लाख कित्ता बिक्री गर्नेछ ।

कति दिने आवेदन ?

लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कहिलेसम्म दिने आवेदन ?

असार २२ गते, बुधबारबाट निष्कासन गरिने उक्त ऋणपत्रमा छिटोमा असार २६ गते र ढिलोमा साउन ४ गतेसम्मसम्म आवेदन दिन सकिनेछ ।

को हो बिक्री प्रबन्धक ?

बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ ।

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताहरूले सानिमा क्यापिटल लिमिटेड, नेपाल एसबीआई बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू तथा मेरो सेयर मार्फत अनलाईनबाट समेत आवेदन दिन सक्नेछन् ।

बैंकले प्रकाशन गरेकाे आह्वानपत्र यस प्रकारकाे छ : 

62ba90b6ab46f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको