Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिकामा ट्रकभित्र भेटियो ४२ आप्रवासीको शव

अर्थ संसार

मंगलबार, १४ असार २०७९, १३ : ११ मा प्रकाशित

अमेरिकामा ट्रकभित्र भेटियो ४२ आप्रवासीको शव


अमेरिकाको टेक्सस राज्यको बाहिरी इलाकामा एउटा ट्रकमा कम्तीमा ४२ जनाको शव भेटिएको छ । साथै १६ जनालाई गम्भीर अवस्थामा अस्पताल लगिएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार ति सबै आप्रवासी थिए ।

उक्त ट्रक सान एन्टोनियोको दक्षिणपश्चिम तर्फ रेलवे ट्र्याक नजिकै देखा परेको थियो । सान एन्टोनियो प्रहरी विभागका अधिकारीहरूले घटनास्थलबाट भागेका गाडीका चालकलाई खोजिरहेको न्युयोर्क टाइम्सले जनाएको छ ।

टेक्सासका गभर्नर ग्रेग एबोटले यी मृत्युका लागि राष्ट्रपति जो बाइडेनलाई दोष दिएका छन् । उनले यसलाई घातक खुला सीमा नीतिको परिणती बताए ।

सान एन्टोनियो अमेरिका मेक्सिको सीमाबाट करिब २५० किलोमिटर टाढा अवस्थित छ । मेक्सिकोका विदेशमन्त्री मार्सेलो एब्रार्डले पनि आफ्ना अधिकारीहरु घटनास्थलतर्फ गएको बताएका छन् । यद्यपी पीडितको परिचय र मृत्युको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको