Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार ओरालो यात्रामै, लाइफ इन्स्योरेन्समा लगानीकर्ताको आकर्षण

नेप्से

मंगलबार, १४ असार २०७९, १५ : १४ मा प्रकाशित

सेयर बजार ओरालो यात्रामै, लाइफ इन्स्योरेन्समा लगानीकर्ताको आकर्षण

मंगलबार पनि सेयर बजारकाे ओरालो यात्रामा नै निरन्तरता छ । दाेहाेराे अंकले घटेकाे बजारमा काराेबार हुने कुल उपसमूहमध्ये २ वटा उपसमूहकाे सेयर बढेकाे छ । बैंकिङ्ग समूह ०.०२ प्रतिशतले बढ्दा लाइफ इन्स्याेरेन्स समूह १.०३ प्रतिशतले बढेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक ११.८२ अंकले घटेर १९२१.३१ विन्दुमा झरेकाे छ । नेप्से ०.६१ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ३.२२ अंकले घटेर ३७२.६० विन्दुमा झरेकाे छ । 

कूल २३० वटा कम्पनीकाे ३० लाख ३७ हजार ६ सय ३० कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ५ करोड ८२ लाख ४६ हजार ४ सय ७२ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज २ वटा उपसमूहकाे सेयर बढ्दा बाँकी ११ वटा उपसमूहकाे सेयर घटेको छ ।  बैंकिङ्ग समूह ०.०२ प्रतिशत र लाइफ इन्स्याेरेन्स समूह १.०३ प्रतिशतले बढेकाे हाे ।

मंगलबार एशियन लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ७ कराेड ३१ लाख ३३ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । संस्थाकाे सेयरमूल्य ९.९९ प्रतिशतले बढेर ८ सय ७१ रूपैयाँ ७० पैसा पुगेकाे छ । 

यस दिन लक्ष्मी इक्विटी फण्डकाे मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त फण्डकाे मूल्य ५.७३ प्रतिशतले घटेर ९ रूपैयाँ ३८ पैसामा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको