Like us!
Follow us!
Connect us!
Watch us!

महुली लघुवित्तले ४ लाख कित्ता एफपिओ जारी गर्ने, बिक्रि प्रबन्धकका लागि माग्यो कोटेसन

अर्थ संसार

बुधबार, १५ असार २०७९, ०७ : ०६ मा प्रकाशित

महुली लघुवित्तले ४ लाख कित्ता एफपिओ जारी गर्ने, बिक्रि प्रबन्धकका लागि माग्यो कोटेसन

महुली लघुवित्त वित्तिय संस्थाले थप सार्वजनिक निष्काशन (एफपिओ) जारी गर्ने भएको छ । संस्थाले आज बुधबार एक सूचना प्रकाशित गर्दे एफपिओ निष्काशनका लागि बिक्रि प्रबन्धक नियुक्तिका लागि कोटेशन आह्वान गरेको छ । 

संस्थाले ४,१६,१४७ कित्ता थप सार्वजनिक निष्काशन (एफपिओ) जारी गर्न लागेको हो । संस्थाको २०७७ चैत्र २५ गते सम्पन्न साधारणसभाले एफपिओ निष्काशनको प्रस्ताव पारित गरेको थियो । 

संस्थाको सर्वसाधारणलाई छुट्याईएको कुल शेयर मध्ये बाँकी ४,१६,१४७ कित्ता शेयर थप सार्वजनिक निष्काशन गर्न विक्री प्रबन्धक नियुक्त गर्नु पर्ने भएकोले इच्छुक अनुभवी निष्काशन तथा विक्री प्रबन्धक (मर्चेन्ट बैंकर कम्पनी) ले आफ्नो कम्पनीको प्रोफाइल सहित सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र दर रेट पेश गर्न संस्थाले आग्रह गरेको छ ।

संस्थाको सूचनाः

62bba92fd76fb.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको