Like us!
Follow us!
Connect us!
Watch us!

जसरी पनि चुनाव जित्नुपर्छ भन्ने मान्यता गलत- अध्यक्ष ओली

अर्थ संसार

बुधबार, १५ असार २०७९, ०७ : ३८ मा प्रकाशित

जसरी पनि चुनाव जित्नुपर्छ भन्ने मान्यता गलत- अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक पद्धतिलाई सवल बनाउन जसरी पनि चुनाव जित्नुपर्छ भन्ने गलत मान्यता त्याग्नुपर्ने बताएका छन्।

मदन भण्डारीको ७१औं जन्मजयन्तीका अवसरमा मंगलबार मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको ‘जबजः राष्ट्र निर्माणको आधार’ विषयक गोष्ठी र मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरण समारोहमा पूर्वप्रधानमन्त्री ओलीले लोकतन्त्र न्याय र समानतामा आधारित व्यक्ति र समाजको जीवन पद्धति भएकाले यसलाई समाजमा स्वीकृति स्थापित गर्ने साधनका रूपमा ग्रहण गर्न आग्रह गरे।

नेता भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज) को सार पनि त्यही भएकामा जोड दिँदै उनले जनता र समाजमा रहेका वर्ग, चिन्तन, पेसा, व्यवसाय, मनस्थिति र तिनका समाधानका उपायको खोजी जबजमा रहेको उल्लेख गरे।

शान्तिपूर्ण र संवैधानिक बाटोबाट निहत्था जनतालाई संगठित गर्दै समाज परिवर्तन र न्याय प्राप्तिका लागि जनताले संघर्ष गर्दै आएको र त्यही माध्यमबाट परिवर्तन स्थापना गरेको सन्दर्भ उल्लेख गर्दै न्यायपूर्ण र संगठित दबाबको सचेत प्रयासबाट मानव समाजभित्र रहेका विकृति अन्त्य गरी शान्ति र समृद्धि स्थापना गर्न सकिने उनले बताए।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको