Like us!
Follow us!
Connect us!
Watch us!

प्रसारण लाइनको निर्माणमा अवरोध

सोमबार, १६ साउन २०७४, ०९ : १२ मा प्रकाशित

प्रसारण लाइनको निर्माणमा अवरोध

अर्थ संसार, बाबियाचौर - म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ रातोपानीका बासिन्दाले विद्युत् प्रसारण लाइनको टावर निर्माण कार्यमा अवरोध गरेका छन् ।

नेपाल विद्युत् प्राधिकरणअन्तर्गत २२० केभी क्षमताको खुर्कोट–दाना प्रसारण लाइनअन्तर्गत घारको रातोपानीमा टावर राख्ने पूर्वाधार निर्माणका क्रममा अवरोध गरेका हुन् ।

आयोजनाले स्थानीय बासिन्दालाई कुनै जानकारी नदिई सर्वेक्षण गरेको भन्दा फरक ठाउँमा टावर राख्न खोजेकाले तत्काललाई काम गर्न रोकिएको स्थानीयवासी लोक खत्रीले बताउनुभयो । निर्माण कम्पनी र आयोजनाले पूर्वजानकारी नदिई डोजर ल्याएर एक्कासि टावरको जग खनेको स्थानीयवासीको गुनासो छ ।

उनीहरुले बस्तीलाई असर नपर्ने ठाउँमा टावर राख्न र प्रसारण लाइन लैजाने आयोजनालाई अनुरोध गरेका छन् । अहिले बनाउन लागिएको ठाउँमा टावर राख्दा वरपरका २० घरधुरी विस्थापित हुने खत्रीले बताउनुभयो ।

स्थानीयवासीको अवरोधपछि आयोजनाको काम रोकिएको छ । ३० कामदार र एकवटा डोजर त्यहाँ परिचालन भएका थिए । अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष कृष्णप्रसाद बरुवालले प्रभावित क्षेत्रको बासिन्दा र आयोजनाबीच छलफल गरेर समस्या समाधानका लागि पहल भइरहेको बताउनुभयो ।

कालीगण्डकी कोरिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत नेपाल विद्युत् प्राधिकरणले पर्वतको खुर्कोट र म्याग्दीको दानामा सब स्टेसनका साथै ३८ किलोमिटर दूरीको प्रसारण लाइन निर्माणको काम गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको