Like us!
Follow us!
Connect us!
Watch us!

अब सम्पूर्ण विद्युतीय सामानको एउटै खरिद केन्द्र नेपब्रान्ड डटकम

अर्थ संसार

बुधबार, १५ असार २०७९, १३ : ४९ मा प्रकाशित

अब सम्पूर्ण विद्युतीय सामानको एउटै खरिद केन्द्र नेपब्रान्ड डटकम

प्रविधिको विकासले विश्व समुदायलाई एक नयाँ उचाइमा पुर्याएको छ । मानव जीवनका हरेक आयामहरुलाई प्रविधिले निकै सहज बनाइ दिएको छ । नेपालले समेत वैश्विक विकासको रफ्तारलाई अँगाल्न अग्रपङ्तीमै रहने प्रयास निरन्तर गर्दै आएको छ ।

दैनिक जिवनका थुप्रै कामहरु डिजिटल प्रविधि मार्फत हुन थालेका छन् । पछिल्लो दशकमा विश्व बजारमा झैं नेपालमा समेत ईकमर्स अथवा इन्टरनेटमार्फत गरिने एक किसिमको किनमेलले पनि आम नागरिकको जीवनलाई झन सहज पारेको छ ।

नेपालमा अनलाइन किनमेलको संस्कृति विकसित हुँदै गइरहेका बेला उपभोक्तालाई सहजरुपमा गुणस्तरीय छनौटको सेवा प्रदान गर्न नेपब्रान्ड डटकम ईकमर्स कम्पनी सञ्चालनमा आएको छ ।

नेपब्रान्डले सम्पूर्ण ब्रान्डका प्रविधिजन्य ईलेक्ट्रोनिक सामग्री उपलब्ध गराउँछ । अनलाइन किनमेल बढ्दै जादा मानिसहरुलाई विश्वासिलो, भरपर्दाे र गुणस्तरीय सामग्री छनौट एवं पहिचानका लागि कठिनाइ हुन थालेको छ ।

यस्तो अवस्थामा ईलेक्ट्रोनिक सामग्रीहरुलाई मात्रै लक्षित गर्दै आम नागरिकलाई गुणस्तरीय सेवा दिने उद्देश्य कम्पनीले राखेको छ ।

ईलेक्ट्रोनिक सामग्रीहरुको अनलाइन हबका रुपमा नेपब्रान्डले हरेक ब्रान्डका सामग्रीहरु उत्पादककर्ताबाट सोझै आधिकारीकरुपमा भित्रेका सामग्रीहरु बिक्री गर्ने भएको हो । यसरी उपभोक्तालाई गुणस्तरीय सामग्री प्रदान गर्ने लक्ष्य कम्पनीले राखेको छ ।

नेपब्रान्डले प्रमुख ब्रान्डका मोबाइल, कम्प्युटर, ग्याजेट, स्मार्ट वाच, बड्स, स्पिकर, माइक्रोफोन, क्यामेरा, गेमिङ सामग्री, घरायसी उपकरणहरुलगायतका सम्पूर्ण डिजिटल एवं प्रविधि जन्य सामग्री उपलब्ध गराउने भएको छ । । नेपब्रान्ड डटकम (https://nepbrand.com) वेबसाइटमा गएर जोसुकैले पनि खाता बनाएपछि सामान खरिद गर्न सक्नेछन् । 

पूर्णरुपमा ईलेक्ट्रोनिक सामग्रीहरुको सेवा दिने उद्देश्यले आएको नेपब्रान्ड डटकमले प्रविधिजन्य ईकमर्सका रुपमा अग्रणी सेवा दिने लक्ष्य राखेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको